PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

कस्तो छ कंगना रनावतको मनिकर्निका? समीक्षकहरुको ग्रिन सिग्नल



पहिलोपोस्ट

कस्तो छ कंगना रनावतको मनिकर्निका? समीक्षकहरुको ग्रिन सिग्नल

झाँसीकी रानीको ऐतिहासिक कथामा बनेको फिल्म मनिकर्निकाले समीक्षकहरुको राम्रो साथ पाएको छ। कंगना रनावतको अभिनय र हिरोइज्मलाई पनि समीक्षकहरुले खुलेर प्रशंसा गरेका छन्। 


भारतको गणतन्त्र दिवश पारेर रिलिज भएको फिल्मले बक्स अफिसमा कति कमाउँछ त्यो बेग्लै विषय हो। तर, कंगना रनावत 'हिरो' को रोलमा छिन् जुन बलिउड फिल्महरुमा हम्मेसी देख्न पाइन्न। २ घन्टा २८ मिनेट लामो फिल्ममा पहिलो हाफ क्यारेक्टर स्थापितमै केन्द्रित रहेको र दोस्रो भागमा युद्धको मात्रा धेरै रहेको समीक्षकहरुले टिप्पणी गरेका छन्।  


रानी लक्ष्मीबाईको कथामा आधारित फिल्मलाई बलिउड हंगामाले ३.५ स्टार दिएको छ। फिल्मको निर्देशनमा समेत सक्रिय रहेकी कंगना रनावतको यो फिल्मलाई 'वान म्यान आर्मी'समेत भनिएको छ। 


टाइम्स अफ इन्डियाले पनि फिल्मलाई ३.५ स्टार नै दिएको छ। फिल्मका हरेक फ्रेमले कंगना रनावतको शक्ति र क्षमतालाई कैद गरेको छ।

त्यसैले समीक्षकले फिल्ममा उनको सबैभन्दा बलियो अभिनय देखिने उल्लेख छ। कोमल किशोरीदेखि युद्धमैदानमा उत्रेकी हतियारधारीसम्ममा कंगनाले न्याय गर्न सकेको उल्लेख छ। तर, फिल्ममा प्रयोग भएका कतिपय भिज्युअल इफेक्टहरु भने दर्शकले सजिलै थाहा पाउने उल्लेख छ।


तीन स्टार दिएको हिन्दुस्तान टाइम्सले त कंगना रनावतलाई 'वन ओमन आर्मी'कै रुपमा अर्थ्याएको छ। समीक्षामा कंगनाकै प्रसंसा बढी गरिएको छ। प्राविधिक तथा फिल्मको स्क्रिप्टहरुमाथि भने न्याय हुन नसकेको हिन्दुस्तान टाइम्सले जनाएको छ।


दी हिन्दुले पनि कंगनाको अभिनयको पाटोलाई महत्व दिएको छ। यद्यपि, इस्ट इन्डिया कम्पनीसँग राज्य जोगाउन युद्धमा होमिएकी रानी लक्ष्मीबाईका कतिपय विषयलाई कमजोर रुपमा प्रस्तुत गरिएको उल्लेख छ। देशभक्ति लगायतका विषयलाई पट्यारलाग्दो गरी प्रस्तुत गरिएको भए पनि महिला केन्द्रमा रहेर बनेको फिल्म हेर्न लायक रहेको समीक्षामा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell