काठमाडौं : धारिलो बलिङसहित सोमपाल कामी र सन्दीप लामिछानले ब्याट्सम्यानलाई चल्न नदिएपछि घरेलु मैदानमा नै संयुक्त अरब इमिरेटसलाई नेपालले पराजित गरेको छ। तीन एक दिवशीय म्याचको दोस्रो खेलमा नेपालले जित हासिल गरेपछि सिरिज १-१ बराबरीमा पुगेको छ।
१९.३ ओभरमा युएईलाई अल आउट गर्दै नेपालले जित हासिल गरेको हो। १ सय ४५ रनको ठूलो अन्तरले नेपालले खेल जितेको हो। सोमपाल कामीले ५ र सन्दीप लामिछानेले ४ विकेट लिएपछि युएई पूरै धर्मराएको थियो। युएईलाई नेपालले ९७ रनमा अल आउट गरेको हो।
टस जित्दै ब्याटिङ रोजेको नेपालले ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय ४२ रन जोडेको थियो।
बलिङमा सुधार देखिएको नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ५५ रनको योगदान दिए। ५८ बल खेलेका उनले ७ चौका प्रहार गरेका थिए।
ज्ञानेन्द्र मल्लले ४ चौकासहित ४४ रन जोड्न सफल रहे। त्यस्तै आरिफ शेखले २९ रन बनाए। विनोद भण्डारी र कप्तान पारस खड्काले २१/२१ रन बनाए। करन केसीले १८ रन बनाउँदा सन्दीप लामिछानेले २ चौका सहित १४ रन बटुले।
ब्याटिङमा सुधारिएको नेपालले बलिङमा पनि लय लिन सक्यो र जित पोल्टामा पार्यो।