PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

दुईपटकको विजेता आर्मीसँग बदला लिँदै थ्री स्टारले उचाल्यो रुस्लान सिमरा गोल्डकप



राधेश्याम पटेल

दुईपटकको विजेता आर्मीसँग बदला लिँदै थ्री स्टारले उचाल्यो रुस्लान सिमरा गोल्डकप

बारा: सिमरामा भएको दशौ रुस्लान सिमरा गोल्डकपको उपाधि थ्री स्टारले उचालेको छ। ए डिभिजनको अर्का त्रिभुवन क्ललाइ सडेन डेथमा हराउँदै थ्री स्टारले उपाधि पक्का गरेको हो। योसँगै थ्रीस्टाले ६ लाख नगद पुरस्कार प्राप्त गरेको छ भने आर्मीले ३ लाख नगदमा चित्त बुझाएको छ।

सिमरा रङ्गशालामा भएको खेलमा दुई पटकको विजेता त्रिभुवन आर्मीलाई हराएको हो। थ्री स्टारलाई हराउँदै आर्मीले गत वर्ष दोस्रो पटक उपाधि जितेको थियो। २०७१ सालमा सम्पन्न छैठौं संस्करणको समेत विजेता रहेको आर्मी चौथोपटक सिमरा गोल्डकपको फाइनलमा पुगेको हो।

निर्धारित ९० मिनेटको खेल गोलरहित तथा पेनाल्टी सुट आउटमा ४(४ भएपछि खेल सडेन डेथमा धकेलिएको थियो। एलेन न्यौपाने नायक बनेपछि पहिलो पटक थ्रीस्टार उपाधी उचालेको हो। एलेन खेलको म्यान अफ दि म्याच र उत्कृष्ट गोलकिपर घोषित भए। उत्कृष्ट प्रशिक्षक विजेता टिमका मेघराज केसी भए भने उत्कष्ट डिफेन्डर थ्री स्टारकै अडम्बा डम्बाला भए।  

प्रतियोगिताको उत्कृष्ट खेलाडी थ्रीस्टारका सुशील राई घोषित हुँदै यामहाको स्यालुटो बाइक जितेका छन्।उत्कष्ट मिड फिल्डर आर्मीका सन्तोष तमाङ र उत्कृष्ट फर्वार्ड आर्मीका टंक बस्नेत भए।

नवजनजागृति युवा क्लब सिमराको आयोजनामा १० वर्षदेखि बारा जिल्लामा निरन्तर आयोजना हुने यो राष्ट्रियस्तरको प्रतियोगिता हो। सिमरा गोल्डकपको इतिहाँसमा मनाङ मस्र्याङ्दी क्लब र आर्मीले समान दुइ–दुइ पटक उपाधि उचालेका छन्। तर, लिग लगतै आयोजना भएकाले मनाङले यसवर्ष प्रतियोगितामा भाग लिएन। 

एपीएफलाई ४–२ ले हराउँदै सिमरा गोल्डकपको यात्रा सुरु गरेको आर्मीले सेमिफाइनलमा आयोजक नवजनजागृति यूवा क्लब सिमरालाई १–० ले पराजित गरेको थियो। थ्री स्टारले फाइनल सम्मको यात्रा तय गर्ने क्रममा क्वार्टरफाइनलमा संकटालाई २–० र सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० ले हराएको थियो।

सिमरा गोल्डकपमा यो पटक २ खेल खेल्ने क्रममा अहिले सम्म गोल नखाएका थ्रीस्टारका गोलकिपर एलन न्यौपानेको नाममा सर्वाधिक क्लिनसिट रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell