PahiloPost

Nov 8, 2025 | २३ कात्तिक २०८२

रोहितले तोडे सचिन तेन्दुलकरको रेकर्ड, बने सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी



पहिलोपोस्ट

रोहितले तोडे सचिन तेन्दुलकरको रेकर्ड, बने सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी
फोटो: twitter.com/ICC

नेपालका रोहित कुमार पौडेलले आज संयुक्त अरब इमिरेटससँग भएको एक दिवसीय क्रिकेट खेलमा ५८ बलमा ५५ रन बनाए। यसैंसँग उनी अन्तर्राष्ट्रिय क्रिकेटमा अर्ध शतक बनाउने सबैभन्दा कम उमेरका युवा खेलाडी बनेका छन्। 

५५ रन बनाउने क्रममा उनले ७ चौका प्रहार गरेका थिए। यसभन्दा पहिला यो रेकर्ड भारतका प्रसिद्ध ब्याटस् म्यान सचिन तेन्दुलकरको नाममा थियो। सचिनले पाकिस्तानविरुद्धको टेष्ट खेलमा ५९ रन बनाउँदा उनी १६ वर्ष २१३ दिनका थिए। १६ वर्ष १४६ दिनको उमेरमा आज रोहितले ५५ रन बनाएर विश्व किर्तिमान बनाएका हुन्। 

यस्तै रोहितले पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको रेकर्ड पनि तोडेका छन्। एक दिवसीय क्रिकेट तर्फ भने शाहिदले १६ वर्ष २१७ दिनको हुँदा श्रीलंका विरुद्ध ३७ बलमा शतक बनाएका थिए। रोहितले टेष्ट र एक दिवसीय गरी दुवै प्रतियोगितामा कम उमेरमा अर्ध शतक बनाएका हुन्।

रोहितले सन् २०१८ मा नेदरल्याण्सविरुद्ध एक दिवसीय क्रिकेटमा डेब्यु गरेका थिए। उनी एक दिवसीयमा डेब्यु गर्ने कान्छो खेलाडीको चौथो नम्बरमा रहेका छन्। आज भएको खेलमा टस जित्दै ब्याटिङ रोजेको नेपालले ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय ४२ रन जोडेको थियो। 

१९.३ ओभरमा युएईलाई अल आउट गर्दै नेपालले १४५ रनले यूएईलाई पराजित गर्दै जित हासिल गरेको हो। सोमपाल कामीले ५ र सन्दीप लामिछानेले ४ विकेट लिएपछि युएईलाई नेपालले ९७ रनमै अल आउट गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell