PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

विवेकशील साझाको उद्घोष, 'पार्टीलाई एकताबद्ध बनाएर लैजाने'



पहिलोपोस्ट

विवेकशील साझाको उद्घोष, 'पार्टीलाई एकताबद्ध बनाएर लैजाने'

काठमाडौँः विवेकशील साझा पार्टीले आफ्नो पार्टीलाई कल्याणकारी लोकतन्त्रको दिशामा डोहोर्‍याउँदै सुदृढ, रचनात्मक र एकताबद्ध बनाएर लैजाने घोषणा गरेको छ।

शनिबार सम्पन्न भएको उक्त पार्टीको राष्ट्रिय सन्देश भेलाले नेपालको राजनीतिक र समृद्धमुखी रूपान्तरणलाई सुनिश्चित गर्ने दृढता र प्रतिबद्धता व्यक्त गरेको छ। पार्टी विभाजनलाई शिक्षाका रुपमा ग्रहण गर्दै विवेकशील साझा पार्टीले एकता, ऊर्जा र आह्वानसहित पार्टीलाई सुदृढ विकल्पका रुपमा स्थापित गर्ने सामूहिक प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

भेलाले जनताको जनजीविकासँग सम्बन्धित महत्वपूर्ण मुद्दामा जनतासँगै रहेर विभिन्न अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। अभियान अन्तर्गत भ्रष्टाचारविरुद्धको अभियान, सुशासनका लागि अभियान, महिलाहिंसा विरुद्धको अभियान, जातीय भेदभाव विरुद्धको अभियान, उद्यमशीलता प्रवद्र्धन अभियान, सामाजिक सद्भाव र एकताका कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

भेलामा देशभरबाट आएका झण्डै ५०० पार्टीका अगुवा सदस्य तथा अभियन्ताको सहभागिता रहेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell