
काठमाडौँः पूर्वराजा ज्ञानेन्द्र शाह मधेस यात्रामा जाँदैछन्। आज दिउँसो ४ बजे काठमाडौँबाट बाहिरिन लागेका हुन्। करिब एक महिना मधेशमा बस्नेछन्।
शाह आज बाराको सिमरा पुग्दैछन्। एक साता सिमरा बसेपछि २० गते झापाको दमक जाने कार्यक्रम छ। दमकपछि प्रदेश २ का केही जिल्ला पनि जाने तयारी छ।
शाहको निजी सचिवालयका अनुसार मधेसका जिल्लाहरूमा पूर्वराजासँग भेटघाट गर्न धेरैले इच्छा व्यक्त गरेको त्यसतर्फ जान लागेका हुन्। त्यस अवघिमा शाहले विभिन्न धार्मिक मठ–मन्दिरको दर्शन गर्नेछन्।
बुद्ध एयरबाट सिमरा जान लागेका शाहसँग पत्नी कोमल राज्यलक्ष्मी शाह, निजी सचिव तथा सुरक्षाकर्मीहरू रहनेछन्।