PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

अनुप बिक्रम शाहीको प्रहरी अवतार



पहिलोपोस्ट

अनुप बिक्रम शाहीको प्रहरी अवतार

काठमाडौं : अनुप बिक्रम शाहीको मुख्य अभिनय रहेको फिल्म 'कप्स'को प्रदर्शन मिति तय गरिएको छ। फिल्म चैत ८ गतेदेखि प्रदर्शनमा आउने भएको हो।

फिल्मलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन्। फिल्ममा अनुपसँगै सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु बिक्रम थापालगायतको अभिनय छ।

‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को ब्यानरमा निर्माण भएको फिल्ममा सुशान्त प्रजापतिको छायांकन, अष्ट महर्जनको द्वन्द्व, कविराज गहतराज र शिशिर खातीको नृत्य, विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत छ। फिल्ममा अनुपले प्रहरीको भुमिका निभाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell