PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

'स्टयाण्ड-अप कमेडी'ले हँसायो हास्य कलाकारलाई



पहिलोपोस्ट

'स्टयाण्ड-अप कमेडी'ले हँसायो हास्य कलाकारलाई

काठमाडौं : नेप-ग्याजमले हास्य कलाकारहरुबीच स्टयाण्ड-अप कमेडी सम्पन्न गरेको छ। हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, किरण केसी, गायक सत्यराज आचार्य, स्वरुपराज आचार्य, फुटबलका स्ट्राइकर रोहित चन्दलाई नेप-ग्याजमले हँसाएको हो।

नेप-ग्याजमका डोरेस खतिवडा, लेखमणी त्रिताल, बिवेक उप्रेति, यूकेजी तथा सरोज भण्डारीले कार्यक्रममा हाँस्य प्रस्तुती दिएका थिए। नेप-ग्याजम टिमले मदनकृष्ण श्रेष्ठ र किरण केसीलाई सम्मानपत्र पनि प्रदान गरे।

कार्यक्रममा किरणले प्रस्तुती दिने कलाकारको तारिफ पनि गरेका थिए। उनले हाँस्य क्षेत्रमा युवाहरुको काम देखेर हर्षित भएको बताए। मदनकृष्णले भने कार्यक्रममा दर्शकको उपस्थिति देखेर खुशी व्यक्त गरे।

मदनकृष्ण र किरण केसीले त्यहाँ फिल्मको गीतको चर्चा पनि गरे। उनीहरुले निर्माण गरेको नयाँ फिल्म 'दाल भात तरकारी'को 'भिजिट भिसामा'बोलको गीतलाई दर्शकले रुचाएमा धन्यवाद व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell