PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

भूकम्पपछि पुन: काठमाडौंमा प्याराग्लाइडिङ, यस्तो छ भ्यालेन्टाइन्स डे अफर



पहिलोपोस्ट

भूकम्पपछि पुन: काठमाडौंमा प्याराग्लाइडिङ, यस्तो छ भ्यालेन्टाइन्स डे अफर

काठमाडौं: काठमाडौं प्याराग्लाइडिङ पुन: सञ्चालनमा आएको छ। सन् २००७ मा सुरु भएको यो एड्भेन्चर स्पोर्ट २०१५ मा गएको भूकम्पका कारण बन्द भएको थियो। गत महिना कम्पनीले फेरी उडान सुरु गरेको हो।

'पर्यटन विकासका लागि यो आकर्षक अवधारणा हो', व्यवस्थापक नारायण अर्याल भन्छन्,'हामीले भिजिट नेपाल २०२० का लागि यो सेवाले विशेग भूमिका खेल्ने विश्वास राखेका छौं।'

गोदावरीको चापाखर्कबाट गरिने प्याराग्लाइडिङमार्फत पाँचभन्दा बढी अग्ला हिमाल देखिने अर्यालले बताए। सूचारु भएसँगै काठमाडौं प्याराग्लाइडिङले दैनिक १० वटा फ्लाइट गराउँदै आएको उनको दाबी छ। आन्तरिक पर्यटकलाई ध्यानमा राख्दै कम्पनीले भ्यालेनटाइन्स डे विशेष अफरको घोषणा गरेको छ। नियमित नेपाली पर्यटकले आठ हजार र विदेशी पर्यटकले एघार हजार रुपैयाँमा प्याराग्लाइडिङमा गर्न पाउँछन्। भ्यालेन्टाइन्स डे आसपास कपल बुकिङ गर्ने नेपालीका लागि टिकट शूल्कमा २० प्रतिशत छुट प्रदान गरिएको हो। 

‘सेवा र सुरक्षाको प्रत्याभूतीसँगै यसरी पर्व विशेष अफर तथा कार्यक्रमहरुले हामीलाई आम मानिससँग सम्बन्ध विकासका लागि सहयोग पुर्याउने आशा छ’, व्यवस्थापक अर्यालले भने। २१ सय मिटरमाथि चापाखर्कबाट भरिने उडान आधा घण्टा लामो हुन्छ। २५ सय मिटर माथिसम्म पुगेर गोदाबरी नगरपालिकाको रचनटारमा ल्यान्ड हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell