PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

अमेरिकामा उपचाररत ऋषि कपूर



पहिलोपोस्ट

अमेरिकामा उपचाररत ऋषि कपूर

बलिउड अभिनेता ऋषि कपूर उपचारका लागि अमेरिकामा छन्। पछिल्लो समय केही मिडियाले उनलाई क्यान्सर भएको समाचार छापेका थिए। तर, अहिलेसम्म उनलाई के भएको हो, त्यो बाहिरिएको छैन।

हालै, उनले  मेडिकल ट्रिटमेन्टका लागि लामो समय लाग्ने बलिउड हंगामालाई जनाएको छ। उनले  भनेका छन् 'मेरो उपचार भइरहेको छ। भगवानले चाहे म चाँडै निको हुन्छु र घर फर्कन सक्ने हुन्छु। उपचारको प्रक्रिया लामो छ।'

अहिले उनी कुनै फिल्म गर्न चाहदैनन्। सुनाए 'केही समय म फिल्म गर्दिनँ। म खाली र ताजा हुन चाहन्छु।' उनी अप्रिलमा भारत फर्कने तयारीमा छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell