PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

कर्णाली प्रदेशबाट तरुण दलले दियो सडकबाटै सरकार ढाल्ने चेतावनी



पी बी खड्का

कर्णाली प्रदेशबाट तरुण दलले दियो सडकबाटै सरकार ढाल्ने चेतावनी

सुर्खेत: देशव्यापी रुपमा विरोधका कार्यक्रम सार्वजनिक गर्दै नेपाल तरुण दलले कर्णालीमा शक्ति प्रर्दशन तथा विरोध कार्यक्रम गरेको छ। कर्णालीका दश वटै जिल्लाका युवाहरु सुर्खेतमा केन्द्रित गरेर आइतवार शक्ति प्रर्दशन गरेको हो। डा. गोविन्द केसीको माग वेवास्ता गरेको र कांग्रेसका नेताका नाममा रहेको अस्पताल अलपत्र पार्न खोजेको सरकारविरुद्ध आन्दोलन गरेका छन्।
 
सरकार मन परीतन्त्रबाट अघि बढेको भन्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको तरुण दलले आइतवार सुर्खेतमा भएको कार्यक्रमबाट सरकार ढाल्ने चेतावनी दिएको छ। सरकार अधिनायकवाद उन्मुख भएको भन्दै अवको लडाई कम्युनिष्ट सरकारविरुद्ध भएको नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले बताए।
 
तरुण नजागेसम्म देशमा परीवर्तको आश गर्न नसकिने भन्दै अबको पालो भनेको कम्युनिष्ट सरकार विरुद्ध लड्ने उद्घोष गरेका छन्। ‘अव तरुणहरु जाग्न आवश्यक छ। अबको पालो भनेको कम्युनिष्ट सरकारको विरुद्धमा लड्न तयार हुनुपर्छ।’ उनले भने,‘सरकारले तानाशाही प्रवृत्ति र अधिनायकवाद तर्फ उन्मुख भयो त्यसका विरुद्धमा तरुण जाग्न जरुरी छ।’

गरिव जनताको सेवाको लागि काँग्रेस नेताका नामबाट खोलिएका अस्पताललाई सरकारले उपेक्षा गरेको भन्दै बस्नेतले भने ‘केपी ओली सरकारले देशको परिवर्तनको लागि अग्रण भूमिका खेल्ने नेताहरुको इतिहाँस मेट्न खोजेको छ तसर्थ यो लडाई कम्युनिष्टसँगको अन्तिम लडाई हो।’ अझै डा. गोविन्द केसीको मागप्रति वेवास्ता गरेको भन्दै थप आफुहरु सशक्त भएर लाग्ने उल्लेख गरे। 

देशको परिवर्तनको लागि कम्प्युनिष्टले केही गर्न नसकेको भन्दै अन्याय, अत्याचार र भ्रष्टाचारलाई प्रशय दिएको जिकिर गरे। आन्दोलनमा धनपकड र ज्यादति गर्ने प्रहरी प्रशासनको नामावली आफूसँग रहेको बताउँदै बस्नेतले भने ‘हामीले कम्युनिष्ट जस्तो गरेर भौतिक संरचनामा तोडफोड गरेर आन्दोलन गर्दैनौं, तसर्थ शान्तिपूर्ण सडक संघर्षमा प्रहरी दमन आवश्यक छैन।’

जंगलमा रहेको कम्युनिष्टलाई गिरीजाप्रसाद कोइरालाले नै सिंह दरबार छिराएको स्मरण गर्दै काँग्रेससँग निहुँ खोजे पुनः जंगलमै फर्कादिने चेतावनी दिए।

त्यस्तै नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले कम्युनिष्टहरुकै कारण देशमा महँगी, हत्या, हिंसा र बलात्कारका घटना बढिरहेको बताए। विरोध सभामा बोल्ने विभिन्न जिल्लाका पार्टी सभापति, तरुण दलका जिल्ला अध्यक्षहरुले सडकबाट नै कम्युनिष्ट सरकार ढाल्ने चेतावनी दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell