PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

पाइलटकै लापरवाहीले काठमाडौँमा युएस बंगला एयर विमान दुर्घटना भएको प्रतिवेदन, 'पाइलट तनावमा थिए'



वसन्तराज उप्रेती

पाइलटकै लापरवाहीले काठमाडौँमा युएस बंगला एयर विमान दुर्घटना भएको प्रतिवेदन, 'पाइलट तनावमा थिए'

काठमाडौँ : गत वर्ष फागुनमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको युएस बंगला एयरको विमान दुर्घटना छानबिन प्रतिवेदनले पाइलटको लापरवाहीलाई औँल्याएको छ। 

प्रतिवेदनमा लेखिए अनुसार जहाज उडान अवधिमा सिस्टमबाटै वार्निङ आइरहेको थियो। तर, पाइलटले उक्त वार्निङको मतलब नगरिकन जबर्जस्ती अवतरण गर्न खोज्दा दुर्घटना भएको छानबिन समितिका एक अधिकारीले बताए। 

'जहाजको आन्तरिक सिस्टमबाट लोअर लेभलको वार्निङ आएको पाइएको छ। यस्तो कुरा जहाजभित्र रहेका क्रु मेम्बरबाहेक  एटिसीलाई थाहा हुँदैन', ती अधिकारीले पहिलोपोस्टलाई भने, 'सिस्टममा  आएको वार्निङको कुरा एटिसी (एयर ट्राफिक कन्ट्रोलर) लाई जानकारी नगराइकन जबर्जस्ती अवतरण गर्न खाज्दा दुर्घटना हुन गएको पाइएको छ।' 

विमानले मार्च १२, २०१८ का दिन ढाकाको अजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ उडान गरेको थियो। तर अवतरण गर्ने क्रममा  जहाजको पोजिसन नमिल्दा दुर्घटना भएको छानबिनको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

प्रतिवेदनमा ककपिट भ्वाइस रेकर्डको भोकल पिच र भाषा अनुसार चालक तनावपूर्ण अवस्थामा रहेको ढाका ग्राउन्ड कन्ट्रोलसितको कुराकानीमा देखिएको उल्लेख छ।

'क्याप्टेनको भोकल पिच र भाषाले उनी इमोसनल्ली डिस्टर्ब्ड र हाइ लेभल अफ स्ट्रेस देखिन्छ', प्रतिवेदनमा उल्लेख छ।  

काठमाडौँ विमानस्थलको एटिसीले ११ हजार ५ सय फिटमा विमानलाई तल ल्याई रनवे ०२ का लागि क्लियर गर्न निर्देशन दिँदा पनि क्रुले होल्ड क्यान्सिल गर्न बिर्सेको र उनीहरु अनावश्यक कुराकानीमा व्यस्त रहेको प्रतिवेदनमा उल्लेख छ। कस्तो खालको अनावश्यक कुराकानी थियो भन्ने बारे उल्लेख छैन। 

काठमाडौँ टावरले ल्यान्डिङ क्लियरेन्स ०२ रनवेका लागि दिएको तर विमान रनवे २० तर्फ गएकोतर्फ सचेत गराएको थियो। त्यतिबेला क्रुले उनीहरु रनवे ०२ बाटै ल्यान्डिङ गर्नेबताएका थिए। तर विमान रनवे २० को उत्तरपश्चिमतिर लागेको थियो। 

विमान दुर्घटना हुँदा चालक दलका चार दस्य र ६७ यात्रुमध्ये ४५ जनाको मृत्यु भएको थियो। दुई जना यात्रुको उपचारका क्रममा मृत्यु भएको थियो। 

युएस बंगला एयरका चालक अबिद सुल्तानले विमान उडाउनुअघि नै इमेलमार्फत् राजीनामा दिएको उनका नजिकका साथीलाई उद्धृत गर्दै बंगलादेशको समाचार अनलाइनलाई प्रोथोमलोले जनाएको थियो।

'अबिदले नेपाल उड्नुअघि नै युएस बंगलालाई इमेलमार्फत् राजीनामा दिएका थिए,' उनका साथीले भने। तर, उनको राजीनामा स्वीकृत नभएको उनका स्पष्ट पारेका छन्। 


अबिदका साथीकाअनुसार युएस बंगलाका उच्च अधिकारीले दुई महिनाअघि राजीनामा दिएर इथोपियन एअरलायन्समा गएको बताएका छन्।
अबिदले  सन् २०१५ को मे ६ बाट पाइलटका रुपमा युएस बंगलामा प्रवेश गरेका थिए। उनी सन् १९८४ मा बंगलादेश एअरफोर्समा आवद्ध भएका थिए। २० वर्षे सेवाअवधि सकेपछि उनी निजी विमान कम्पनीमा प्रवेश गरेका थिए।

यसअघि  युएस बंगला एयरले भने एटिसीको गलत सूचनाका कारण विमान दुर्घटनामा परेको जनाएको थियो। एटिसीको खराब सूचनाका कारण विमान दुर्घटनामा परेको र यसमा विमानका चालकको कुनै दोष नरहेको उसको दावी थियो।

 मन्त्रिपरिषद्को बैठकले विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाचँबुझ आयोग गठन गरेको थियो। आयोगका सदस्यमा प्रमुख सेनानी डा राजीव देव तथा क्याप्टेनहरु केके शर्मा, सुनिल प्रधान र उद्धवप्रसाद सुवेदी र सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell