PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

डाक्टर केसीको जीवन रक्षाको माग गर्दै डाक्टरहरुको रिले अनशन सुरु



पहिलोपोस्ट

डाक्टर केसीको जीवन रक्षाको माग गर्दै डाक्टरहरुको रिले अनशन सुरु

काठमाडौं : नेपाल चिकित्सक सङ्घमा आवद्ध चिकित्सकहरु डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालयका शिक्षण अस्पतालमा रिले अनशन सुरु गरेका छन्।

सरकारले डाक्टर केसीसँगको सम्झौता विपरीत शुक्रवार चिकित्सा शिक्षा विधेयक पारित गरेपछि केसीले अनशन तोडेका छैनन्। उनको अनशनलाई एक्येवद्धता जनाउनका लागि सङ्घले रिले अनशन बसेको हो।

सङ्घले गत १० गते विज्ञप्ति जारी गर्दै ७२ घण्टा भित्र डा गोविन्द केसीको जीवन रक्षाका लागि ठोस कदम अगाडि नबढाएको खण्डमा माघ १३ गते आइतबार शिक्षण अस्पतालमा भेला हुने निर्णय गरेको थियो। हिजो चिकित्सक संघले गरेको भेलाले आज रिले अनशन बस्ने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell