काठमाडौं : प्रदर्शनको तयारीमा रहेको फिल्म 'रणवीर'को नयाँ गीत सार्वजनिक भएको छ। माघ १८ गतेबाट प्रदर्शनमा आउने फिल्मको 'मायामा'बोलको नयाँ गीत सार्वजनिक भएको हो।
गीतको भिडियोमा फिल्मका कलाकार सुशील सिटौला र शुभेच्छा खड्का फिचर्ड छन्। पोखरामा छायाँकन गरिएको गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत छ। गीतमा हर्कुलस र प्रविशा अधिकारीले स्वर दिएका छन्। गीतमा गम्भीर विष्टको कोरियोग्राफी छ।
फिल्ममा सुशील र शुभेच्छासँगै सुपुस्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहारी, नरेश पौडेल, रवी गिरी, भोलाराज सापकोटा, शैलेश्वरी सिंहलगायतको अभिनय छ।
फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन्। प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा निर्माण भएको फिल्ममा प्रेम, मित्रता र बदलाको कथा समेटेको बताइएको छ। फिल्ममा महेश पौडेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ।