वरुण धवन र प्रेमिका नताशा दलाल २०१९ मा बिहे गर्दैछन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु विवाहको तयारीमा रहेको खबर फिल्मीबिटमा उल्लेख छ। विवाहको मिति र स्थान भने अझै बाहिरिएको छैन।
सन् २०१८ मै उनीहरुबीच विवाह हुने हल्ला चलेको थियो। यद्यपि पारिवारिक कारणले उनीहरुको विवाह ढिला हुन गएको हो। नताशासँगको सम्बन्धका कारण वरुण र उनको बुवा डेभिड धवनबीच मनमुटाव भएको खबर बाहिरिएको थियो।
चाँडै नै उनीहरु विवाह मिति घोषणा पनि गर्दैछन्।
के अब उनीहरुले दीपिका पादुकोण र रणवीर सिंहले जस्तै भारत बाहिर बिहे गर्छन् त्यो भने पछि नै थाह हुनेछ।
वरुण, अहिले 'कलंक'को छायाँकनमा व्यस्त छन्। करण जोहरले निर्माण गर्ने फिल्ममा करिना कपूर र आलिया भट्टको मुख्य अभिनय छ। फिल्म २०१९ मा नै प्रदर्शनमा आउनेछ।