
काठमाडौं : फिल्म 'सयकडा दश'को वर्ल्ड प्रिमियर थाइल्याण्डमा भएको छ। नेपाल प्रदर्शनको मिति नजिकिदै गर्दा फिल्म युनिटले बैंककको मेजर सिनेप्लेक्स हलमा पहिलो सो गरेको हो। सो हाउसफुल रहेको पब्लिसिटी डिरेक्टर किरण आचार्यले जनाए।
फिल्मले दर्शकको सकारात्मक साथ बटुलेको छ। फिल्म निर्माण टिम यतिखेर नेपाल आइपुगेका छन्। फिल्म आगामी माघ १८ गतेदेखि प्रदर्शनमा आउनेछ। रामशरण पाठक निर्देशित फिल्मले भ्रष्टाचार भर्सेस प्रेमको कथा समावेश गरेको बताइएको छ।
फिल्ममा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेलगायतको अभिनय छ। फिल्म दर्शन नेपाल क्रिएसनको ब्यानरमा बनेको हो।
यो फिल्म 'रणवीर' र 'गोपी'सँगै एकसाथ प्रदर्शनमा आउनेछ।