PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

'बेष्ट मोडल अफ द इयर'को सिजन सुरु



पहिलोपोस्ट

'बेष्ट मोडल अफ द इयर'को सिजन सुरु

काठमाडौं : नेपाल फेसन सिटीको आयोजनामा सौन्दर्य प्रतियोगिता 'बेष्ट मोडल अफ द इयर'को दोस्रो सिजन सुरु भएको छ। प्रतियोगिताको लागि आवेदन खुल्ला गरिएको छ।  

प्रतियोगिताको पहिलो अडिसन माघ १७ गते टेकुमा हुने आयोजक टिमले जनाएको छ। काठमाडौंबाट सुरु हुने अडिसन पोखरा, नारायघाट, बुटवल, धरान, चितवनमा हुनेछ।

१४ देखि ३२ वर्ष उमेर समुहका युवायुवतीले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा विभिन्न चरणको अडिसन हुने आयोजक रुथ मास्केले जानकारी दिइन्। प्रतियोगितामा प्रवेश गिरीको कोरियोग्राफी रहनेछ। प्रतियोगीताको शीर्ष विजेताले नगद १ लाखसहित विभिन्न उपहार प्राप्त गर्ने बताइएको छ।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell