PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

एसएसपी बढुवाको बाटो खुल्यो, राजपत्रका नियमावली संशोधन प्रकाशित



पहिलोपोस्ट

एसएसपी बढुवाको बाटो खुल्यो, राजपत्रका नियमावली संशोधन प्रकाशित

काठमाडौँ : वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवाको लागि कानुनी बाटो खुल्ला भएको छ। 

प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम १ (क) संशोधन गरेको हो। संशोधन आज राजपत्रमा प्रकाशित भएको छ। 

नियमावली संशोधन हुन नसक्दा विगत चार महिनादेखि १५ जना एसएसपी दरबन्दी खाली रहेको थियो। 

प्रथम श्रेणी तहको बढुवाको लागि चार वर्ष काम गरेको हुनुपर्ने नियम थियो। अब भने तीन वर्षमा नै बढुवा हुन पाउने भएका हुन्।


बढुवाको बाटो खुलेसँगै ३३ जना प्रहरीहरु एसएसपीको बढुवाको लाइनमा छन् जसमा चार जना महिला एसपी रहेका छन्। एसपी मिरा चौधरी, दुर्गा सिहं, किरण राणा र किरण बज्राचार्य महिला एसएसपीका दावेदार हुन्। 


त्यस्तै श्याम ज्ञवाली, रामदत्त जोशी, भरत बोहरा, नरेन्द्र उप्रेती, विष्णु केसीलगायतका एसपी बढुवाको लाइनमा रहेका छन्।


दुईसाता अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell