PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

अनशन नबस्न त्रिवि शिक्षण अस्पतालको आह्वान



पहिलोपोस्ट

अनशन नबस्न त्रिवि शिक्षण अस्पतालको आह्वान

काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघमा आवद्द चिकित्सकहरुले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रिले अनशन सुरु गरेपछि अस्पतालले त्यसको विरोध गरेको छ। अस्पतालले बिरामीको स्वास्थ्योपचारमा समस्या हुनेगरी अस्पतालमा कुनै पनि धर्ना, विरोध र बन्दहड्तालका कार्यक्रम नराख्नसमेत अनुरोध गरेको छ।

'अस्पताल परिसरमा हुने अनशन, रिले अनशन, विरोध प्रदर्शनले सर्वसाधारण जनतालाई स्वास्थ्योपचार सुविधा प्रदान गर्न समस्या हुने' भन्दै अस्पतालले ध्यानाकर्षण समेत गराएको छ। डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै नेपाल चिकित्सक संघमा आवद्द चिकित्सकहरु आज धर्ना बसेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell