PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

आठ लेनको चक्रपथ सरकारलाई हस्तान्तरण



पहिलोपोस्ट

आठ लेनको चक्रपथ सरकारलाई हस्तान्तरण

काठमाडौं : चीन सरकारले चक्रपथ निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। सोमवार एक कार्यक्रमकाबीच चिनियाँ राजदूत होउ यान्छीले सडक हस्तान्तरण गरेकी हुन्।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको तीव्र विकासका लागि छिमेकीको सहयोग आवश्यक हुने बताए।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा गर्नका लागि छिमेकी देशरुबाट बहुआयामिक रुपमा सहयोग आवश्यक भएको बताए। ‘नेपाल विकास र उन्नतिका लागि चीनले उदार र फराकिलो मनसायका साथ सहयोग गरेको छ। यसको म प्रशंशा गर्न चाहन्छु,’ उनले भने। 

हरेक दिन एक कदम अघि बढ्ने गरी सरकारले काम गरिरहेको उनले दाबी गरे। तीव्र विकासका लागि अवरोधको रुपमा रहेका ऐन, कानुन, नियम वा अन्य प्रकारका व्यवधानलाई हटाउन सरकार तयार रहेको उनले बताए। 

‘तीव्र विकासका अवरोधक के के छन् सम्बन्धित निकायले ल्याउनुहोस्। आवश्यकता अनुसार मन्त्रिपरिषदबाटै निर्णय गरेर त्यस्ता अवरोधहरु हटाउँला,’ उनले भने। 

प्रधानमन्त्री ओलीले नेपाल चीन सम्बन्धमा मात्र होइन प्राकृतिक रुपले पनि नजिक रहेको बताए। नेपालका लागि चीनका राजदुत यान्छीले प्रधानमन्त्री ओलीलाई निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गरेको घोषणा गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell