PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

अन्तत: माननीय बने दीपक मनाङे, प्रदेश सभा पुगेर लिए शपथ



पहिलोपोस्ट

अन्तत: माननीय बने दीपक मनाङे, प्रदेश सभा पुगेर लिए शपथ
फाइल फोटो

काठमाडौं: प्रदेश सभा निर्वाचनमा मनाङबाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेलाई शपथ ग्रहण गरेका छन्।

प्रदेश सभा निर्वाचनमा मनाङबाट निर्वाचित मनाङेलाई शपथ ग्रहण गराउने कि नगराउने बिषयमा लामो छलफलपछि शपथ गराएको हो। प्रदेशसभा मनाङेले शपथ ग्रहणका लागि गण्डकी प्रदेश सभामा निवेदन दिएका थिए।

गण्डकी प्रदेशसभाका उपसचिव विष्णु पौडेलले मनाङेलाई शपथको लागि बोलाइसकेको जानकारी दिए। पहिलोपोस्टसँग कुराकानीमा पौडेलले भने, ’उहाँको शपथ भर्खरै सकिएको छ।‘

सबै दलहरु सम्मिलित हुने कार्य व्यवस्था परामर्श समिति बैठक कानुनअनुसार अगाडि बढ्न सभामुखलाई जिम्मेवारी दिएको थियो।

सर्वोच्च अदालतको आदेश अनुसार मनाङे केही दिनअघि रिहा भएका हुन्। रिहा भएलगतै मनाङेले विशेष कारणले सपथ ग्रहण लिन नपाएको भन्दै शपथका लागि प्रदेश सभामा निवेदन दिएका थिए।

२७ हजार रुपैयाँ धरौटी बुझाएर जेलमुक्त भए पनि उनको मुद्दा अझै टुँगिएको छैन। उनलाई अदालतले तारेखमा छाडेको हो। सर्वोच्चले उनलाई थुनामा नबसी मुद्दा लड्न पाउने सुविधा दिएको छ।

२०६१ सालमा चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा मनाङेसहितलाई सरकारले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो। बागबजारको उक्त घटनामा सम्मिलित अन्य गणेश लामा, उमेश लामा, रेवत कार्की र रमेश सुनुवार थिए। गणेश लामा हाल कांग्रेसमा आवद्ध छन्।

काठमाडौं जिल्ला अदालतले २०६१ सालमा मनाङेलाई २ वर्ष जेल सजायको आदेश गरेको थियो। अन्य चार प्रतिवादीले जिल्ला अदालतबाट सफाइ पाएका थिए।

जिल्लाको फैसलामा चित्त नबुझाउँदै सरकारी वकिलको कार्यालयले तत्कालीन पुनरावेदन अदालत पाटनमा सरकारका तर्फबाट पुनरावेदन गरेको थियो। पुनरावेदन अदालत पाटनबाट एकराज आचार्यसहितको इजलासले २०६९ सालमा जिल्ला अदालतको फैसला केही उल्टी गर्दै मनाङेलाई ५ वर्ष कैद सजाय हुने आदेश गरेको थियो।

अन्य चार प्रतिवादीका हकमा जिल्ला अदालतको आदेश नै सदर गरेको थियो। अर्थात् अन्य चार जनाले सफाइ पाएका थिए।

सरकारले पुनरावेदनको फैसलामा पुनः चित्त नबुझाउँदै चार प्रतिवादीविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको थियो। सोही मुद्दामा सर्वोच्चले पोहोर (२०७४ माघ २ गते) फैसला गर्‍यो। यो फैसलापछि मात्रै मनाङेको कैद बाँकी रहेको खुलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell