PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

२ हजार ८०७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा



पहिलोपोस्ट

२ हजार ८०७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा

काठमाडौँ: सरकारले २ हजार ८०७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले शहीद घोषणा निर्णय गरेका हो। सरकारले शहीद घोषणा गरेका सुरक्षाकर्मीमध्ये सबैभन्दा धेरै नेपाल प्रहरीबाट रहेका छन्। १ हजार ४४८ नेपाल प्रहरी, १ हजार १८ नेपाली सेना र ३१८ जना सशस्त्र प्रहरी र २३ जना राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहेका छन्।

१८ ‍औं सशस्त्र प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको निर्णयबारे सुनाएका थिए। त्यस्तै कार्यक्रममा प्रधानमन्त्री ओलीले सुरक्षा निकायलाई प्रविधि तथा भौतिक रुपमा सुधार गर्दै लाने बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell