PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

सोनु सुदसँग छुल्ठिम गुरुङको सेल्फी



पहिलोपोस्ट

सोनु सुदसँग छुल्ठिम गुरुङको सेल्फी

काठमाडौं : अभिनेत्री छुल्ठिम गुरुङले ओमानमा बलिउड अभिनेता सोनु सुदलाई भेटेकी छिन्। उनले सामाजिक सञ्जाल फेसबुकमा सोनुसँगको तस्वीर पनि पोस्ट गरेकी छिन्।

'ओमान सेलेब्रेटी क्रिकेट लिग'मा उनले सोनुसँग फोटो खिचाएकी हुन्। तस्वीरमा सोनु क्रिकेट जर्सीमा देखिन्छन्। सोनु पछिल्लो समय 'सिम्बा'मा देखिएका थिए। उनी प्राय: भिलेन भुमिकामा देखिन्छन्।

 

अभिनेत्री छुल्ठिम अभिनित 'न यता न उता' प्रदर्शनको तयारीमा छ। फिल्ममा छुल्ठिमसँगै समिर दीक्षित, ऋचा शर्मा, मिराज रोशको अभिनय छ। फिल्मलाई बिशारद बस्नेत र मिराजले निर्देशन गरेका हुन्। फिल्म माघ २५ देखि प्रदर्शनमा आउँदैछ। 

पछिल्लो समय शुष्मा कार्कीले अभिनेता सलमान खानसँग खिचेको तस्वीरको फिल्म क्षेत्रमा चर्चा भएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell