PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

शरीरमा मिल्ने लुगा यही जामा त हो : ज्योति मगर



पहिलोपोस्ट

शरीरमा मिल्ने लुगा यही जामा त हो : ज्योति मगर

काठमाडौं :  स्टेज कार्यक्रममा व्यस्त रहने गायिका हुन् ज्योति मगर। हाल, उनी मलेसियामा स्टेज प्रस्तुती दिने तयारीमा छिन्। बुधवार तनहुँमा उनको स्टेज प्रस्तुति छ। उनी कहिले काहीँ गसिपमा पनि छाइरहन्छिन्।

उनले लगाउने छोटा लुगालाई लिएर सामाजिक सञ्जालमा पनि निकै चर्चा हुने गर्छ। ज्योति ती कुरालाई त्यति वास्ता गर्दिनन्। स्टेजमा आफूलाई सहज हुने लुगा लगाउने गरेको उनी बताउँछिन्।

केहीदिनअघि सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी थिइन्

'गुन्यु चोली लाए पनि म ज्योती मगर, छोटो जामा लाए पनि म ज्योती मगर'
स्टेज एक रुप अनेक, कसैलाई समस्या छ?

 

ज्योतिले लगाउने लुगा यहि ब्राण्डको भन्न सकिँदैन। उनी सस्तो र राम्रो लुगा स्टेज प्रस्तुतिमा लगाउने बताइन्। वानपिस र स्कर्टमा उनले धेरै कार्यक्रम गरेसकेकी छिन्।

लुगाका सवालमा उनी क्लियर छिन् 'सस्तो र भरपर्दो लुगा हुनुपर्‍यो, आफूलाई कम्फर्टेबल हुनु पर्‍यो। फ्रक भएको लुगालाई हामी त जामा नै भन्छौं। आजकल डिजाइनरहरुले यसलाई वानपिस, गाउन, सानो गाउनको नाम दिन थाल्या छन्।'

ठूला कार्यक्रमका लागि भने उनी बुटिकको लुगा लगाउने गर्छिन्। उनको जामासँग छुट्टै लगाव छ। अधिकांश स्टेज कार्यक्रममा उनले जामा लगाएका तस्वीर सामाजिक सञ्जालमा देख्न सकिन्छ।

'जिन्समा पनि सजिलो हुन्छ। मेरो शरिरमा मिल्ने लुगा जामा नै हो। त्यसमाथि प्रस्तुति दिँदा लामो लुगाले गाह्रो हुन्छ, त्यसैले म जामा नै लगाउन रुचाउँछु', उनले सुनाइन्, 'लुगाका विषयमा म त्यति धेरै सोच्दिन। फिट भयो भने जे पनि लगाउँछु। सबैभन्दा ठूलो कुरा लाज हो, लाज छोपिनुपर्‍यो। र्‍याम्पमा कस्ता कस्ता लुगा लगाइरहेका हुन्छन्।'

उनलाई एकपटक एकजनाले सोधेका थिए तपाईं कुन ब्राण्ड कन्सर्न हुनुहुन्छ?

'ब्राण्डको मुल्य भन्दा पनि मैले लगाएको सस्तो लुगा नै ब्राण्ड होस् भन्ने चाहन्छु' उनले जवाफमा भनेकी थिइन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell