PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

पारस शाहको अवस्था माथि चिकित्सकहरुको ब्रिफिङ : कस्तो छ उनलाई?



सागर बुढाथोकी

पारस शाहको अवस्था माथि चिकित्सकहरुको ब्रिफिङ : कस्तो छ उनलाई?

काठमाडौं : पूर्व युवराज पारस शाहको अवस्था स्थिर भए पनि खतरामुक्त नभएको भन्दै सीसीयुमा सारिएको छ। हर्ट अट्याएक भएपछि नर्भिक अस्पताल पुर्‍याइएका शाहको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित प्रेस ब्रिफिङमा जनाइएअनुसार उनको ब्लड प्रेसर र सुगर नर्मल छ। तर, ७२ घन्टा अघि उनलाई खतरामुक्त भन्न नमिल्ने अस्पतालले जनाएको छ।

मुटुरोग विशेषज्ञ डाक्टरहरु यादवदेव भट्ट, जेपी जैसवाल, डाक्टर नग्मा श्रेष्ठ, डाक्टर प्रज्वल श्रेष्ठ, डाक्टर सन्तोष श्रेष्ठ लगायतले प्रेस ब्रिफिङ गरेका थिए। 

हिजो दिउँसो ४ बजे उनलाई हर्ट अट्याक भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो। मुटुको नशाको अवस्था हेरेर आइसीयुमा भर्ना गरिएको थियो। 

भट्टले उनलाई वंशानुगत हर्ट अट्याक भएको जनाएका छन्। त्यसकारण उनको अवस्था जोखिममै रहेको डाक्टरहरुको टिप्पणी छ। यसअघि पूर्व राजा ज्ञानेन्द्र शाहको पनि हर्ट अट्याक भएको थियो। 


अस्पतालले ७२ घन्टापछि शाहलाई सीसीयुबाट नर्मल बेडमा सार्ने जनाएको छ तर डिस्चार्ज कहिले हुन्न यकिन नभएको जनाएको छ। 


'अस्पताल पुर्याउँदा उहाँको मुटुको मुख्य नशा बन्द थियो। तीनवटामध्ये प्रमुख नशा बन्द भएको अवस्थामा उनलाई अस्पताल पुर्यााइएको थियो। यसअघि उनको मुटुमा दुईवटा स्टेन्ट हालिएको थियो भने अहिले एउटा हालिएको छ,' डाक्टर भट्टले भने। 


शाहको आत्मबलको उपचारमा संलग्न चिकित्सकहरुले प्रसंसा गरेका छन्। 'राजा ज्ञानेन्द्रले मलाई हिजोदेखि फोन गरिराख्नु भएको छ,' डाक्टर भट्टले भने, 'उहाँ आइपुग्नु भएको छैन तर परिवारका अरु सदस्यहरु आउनु भएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell