काठमाडौँ: ठगी गरेर फरार एक जनलाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले हेमबहादुर घलेलाई पक्राउ गरेको हो। घलेले विदेशमा आफ्ना आफन्त भएको र काम लगाइदिने भन्दै ठगी गरेका थिए। अस्ट्रेलियामा पानी जहाजको कामको लागि मासिक १८ सय अमेरिकी डलर पारिश्रमिक हुने वैदेशिक रोजगारको लागि ३/४ जनालाई ठगी गरेको खुलेको हो। उनले एकजनाबाट ९ लाख रुपैयाँसमेत लिएको प्रहरीको दाबी छ।
काठमाडौँ जिल्ला अदालतको मिति २०७४ भदौमा नौं लाख सतासी हजार चार सय छैसठ्ठी जरिवाना र ६ महिना कैद हुने फैसला गरेको थियो।