PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

आइसीसीको र्‍याङ्किङमा नेपालको इन्ट्री, रेटिङको शीर्षमा बेलायत अन्तिममा नेपाल



पहिलोपोस्ट

आइसीसीको र्‍याङ्किङमा नेपालको इन्ट्री, रेटिङको शीर्षमा बेलायत अन्तिममा नेपाल

काठमाडौं : एक दिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मुलुकहरुको सूचीमा नेपाल पनि थपिएको छ। पहिलो पटक इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाललाई वरियतामा सूचीकृत गरेको हो। 

संयुक्त अरब इमिरेट (युएई) मा ३ एक दिवशीय प्रतियोगितामा २-१ को जित हासिल गरेसँगै आइसीसीले नेपाललाई सूचीकृत गरेको हो। आइसीसीको सूचीमा नेपाल १५ औं स्थानमा छ। नेपालभन्दा माथि युएइ रहेको छ। 

पहिलो पटक वरियतामा परेको नेपालको १ सय ५२ पोइन्ट छ। नेपालको १० खेलका आधारमा यो अंक हासिल भएको हो।

यो सूचीको सबैभन्दा माथि क्रमश: बेलायत, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, अस्ट्रेलिया रहेका छन्।

वंगलादेश, श्रीलंका, वेस्ट इन्डिज, अफगानिस्तान र जिम्मवावे पनि सूचीमा समावेश छन्। 

र्‍याङ्किङको पहिलो सूचीमा रहेको बेलायतको रेटिङ १ सय २६ छ भने ६ हजार ९ सय १८ पोइन्टस। पहिलो पटक सूचीकृत नेपालको रेटिङ १५ छ र पोइन्स १ सय ५२। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell