PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

राजकुमार हिरानीका विषयमा बोल्न चाहेनन् विधु विनोद चोपडा



पहिलोपोस्ट

राजकुमार हिरानीका विषयमा बोल्न चाहेनन् विधु विनोद चोपडा

चर्चित निर्देशक राजकुमार हिरानी विरुद्ध यौन दुर्व्यवहारको आरोप लागेसँगै बलिउडमा उनको पक्ष र विपक्षमा फिल्मकर्मीहरु उभिएका छन्। अधिकांशले उनको पक्षमा बोलेका छन्।   

हालै, 'सञ्जु'को सहायक निर्दशक रहेकी एक महिलाले उनीविरुद्ध आरोप लगाएकी हुन्।

'सञ्जु'को पोस्ट प्रोडक्सनको समयमा सँगै काम गर्दा हिरानीले यौन दुर्व्यवहार गरेको मिडियालाई उनले खुलाएकी छिन्। आफ्नो करियरको डरले यौन दुर्व्यवहारबारे उनले पहिला मुख खोल्न नचाहेको बताएकी छिन्।

निर्देशक हिरानीले भने महिलाको आरोप गलत रहेको बताउँदै आएका छन्। हिरानीले हालै भनेका छन्, 'म एकदम चकित छु, यस किसिमको आरोपले। आरोप गलत हो, मेरो इज्जत बिगार्ने सोचले यो आरोप लगाइएको छ।'

आरोप लगेसँगै 'एक लड्कीको देखा तो'को निर्माताबाट हिरानीको नाम हटाइएको छ। मिटू मुभमेन्टमा हिरानी तानिएपछि उनलाई निर्माताको सुचीबाट हटाइएको हो।

बलिउडमा #MeToo मुभमेन्टमा नाम चलेका फिल्मकर्मी तानिएका छन्। हिरानीका मुन्नाभाइ सिरिज, 'थ्री इडियट्स', 'पिके' लगायतका फिल्म छन्।

'एक लड्कीको देखा तो'का अर्का निर्माता विधु विनोद चोपडाले हिरानीका विषयमा बोल्न चाहेनन्। उनले यति मात्र भने 'कुनैदिन यस विषयमा कुरा गरौंला।'

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell