PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कञ्चनपुर अनिश्चितकालीन बन्द



एम बम

कञ्चनपुर अनिश्चितकालीन बन्द

कैलाली : सरकारी जमिनमा अवैध तरिकाले निर्माण भएका संरचना भत्काउनु पर्ने माग गर्दै कञ्चनपुरमा युवा नेताहरुले अनिश्चितकालीन बन्द गरेका छन्।

महेन्द्रनगर नगर विकास समितिको जग्गाको अतिक्रमण हटाउन माग गर्दै प्रमुख राजनीतिक दलका भातृ संगठनहरुले मंगलबारदेखि अनिश्चितकालीन बन्द गरेका हुन् । बन्दका कारण सदरमुकाम महेन्द्रनगर बिहानैदेखि ठप्प भयो।

 संयुक्त युवा विद्यार्थी संघर्ष समिति महेन्द्रनगरले गरेको बन्दका कारण बिहानैदेखि बजार व्यवसाय ठप्प भएको हो। सदरमुकामदेखि छुट्ने सवारी साधन ठप्प भएका छन् । भने स्कुल, कजेललगायत सरकारी कार्यालय समेत बन्द भएका छन्।

 अनिश्चितकालीन बन्द आह्वान गरिएपछि बिहानैदेखि महेन्द्रनगरको जनजीवन प्रभावित भएको छ । अत्यावश्यक काममा हिँडेका सर्वसाधारण तथा विभिन्न क्षेत्रबाट आएका मानिस बन्दका कारण बीच बाटोमा अलपत्र परेका छन् । 


जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवैध संरचना हटाउन अन्यथा आफैं हटाउने भनि आदेश जारी गरेको एक महिने समय सकिए पनि कुनै पहल नभएको आन्दोलनरत युवा विद्यार्थीको आरोप छ । 

नगर विकास समितिका अध्यक्षले तोक आदेशका भरमा करिब १ सय ४३ संस्था र व्यक्तिलाई जमिन लिजमा दिएको देखिएको छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell