PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

मुख्य रजिस्ट्रार निरौलाद्वारा पदभार ग्रहण



पहिलोपोस्ट

मुख्य रजिस्ट्रार निरौलाद्वारा पदभार ग्रहण

काठमाडौँः सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले पदभार ग्रहण गरेका छन्। न्याय सेवा आयोगको सिफारिस अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले निरौलालाई मुख्य रजिस्ट्रारमा बढुवा गरेको थियो। त्यसअघि उनी न्याय परिषद सचिव थिए। मंगलबार उनले पदभार ग्रहण गरेका हुन्।

२०५२ साल मंसिरदेखि न्याय सेवामा प्रवेश गरेका निरौला २०७३ साल माघ ६ गतेदेखि सर्वोच्चमा रजिस्ट्रार नियुक्त भएका थिए। त्यसपछि उनलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सरुवा गरिएको थियो। आयोगबाट परिषद ल्याइएको थियो।

यस्तै, सोमबारकै मन्त्रिपरिषदले सर्वोच्चको रिक्त एक रजिस्ट्रार पदका लागि कायम मुकायम रजिस्ट्रार लालबहादुर कुँवरलाई बढुवा गरेको थियो। कुँवरले पनि मंगलबार नै पदभार ग्रहण गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell