PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

धनगढी प्रिमियर लिगः विराटनगर किङ्ग्समा दुई भारतीय खेलाडी अनुबन्धित



पहिलोपोस्ट

धनगढी प्रिमियर लिगः विराटनगर किङ्ग्समा दुई भारतीय खेलाडी अनुबन्धित

काठमाडौँः रुस्लान धनगढी प्रिमियर लिगको टिम विराटनगर किङ्ग्सले दुई विदेशी खेलाडीहरूको नाम सार्वजनिक गरेको छ। 

भारतीयका प्रथम श्रेणीको दुई क्रिकेटर अभिनाश यादव र शिभकान्त शुक्लालाई टिमले आबद्ध गरेको हो। दुवैले रेलवेजको लागि रन्जी ट्रफी प्रतियोगिता खेलिसकेका छन्।

अभिनाश यादबले बायाँ हाते स्पिनर हुन् भने शिभकान्त शुक्ला बायाँ हाते ब्याट्सम्यान हुन्। ३२ वर्षीय अभिनाशले प्रथम श्रेणी २५ खेलमा ७६ विकेट लिइसकेका छन्। यस्तै ३३ वर्षीय शिभकान्तले प्रथम श्रेणीका ८५ खेलमा चार हजार १९८ रन बनाएका छन्।

विराटनगर किंग्सको रणनीतिक खेलाडीको रूपमा करण केसी रहेका छन्। टिमका अन्य खेलाडीमा आरिफ शेख, कुशल भुर्तेल, पृथु बास्कोटा, किशोर महतो, सुशन भारी, हरिशंकर शाह, संसाद शेख, राजेश पुलामी, अर्जुन अधिकारी, अमित गुरुङ, तृत राज दास र सुवास ऐयर रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell