PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

रक्तचन्दन मिलाइदिने भन्दै चिनियाँ नागरिकबाट ६० लाख बैना बुझेर डिएफओ फरार, अख्तियारले जारी गर्‍यो ३० दिने सूचना



पहिलोपोस्ट

रक्तचन्दन मिलाइदिने भन्दै चिनियाँ नागरिकबाट ६० लाख बैना बुझेर डिएफओ फरार, अख्तियारले जारी गर्‍यो ३० दिने सूचना

काठमाडौँः चिनियाँ नागरिक चाई लुलाई रक्तचन्दनको ठेक्का मिलाइदिने भन्दै ६० लाख रकम बुझेका रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्र सम्पर्कविहीन भएका छन्। शर्त अनुसार रक्तचन्दन नदिएको भन्दै अख्तियारमा परेको उजुरी छानबिनका क्रममा पटक–पटक म्याद तामेल भए पनि मिश्र उपस्थित नभएको भन्दै अख्तियारले सार्वजनिक सूचना नै जारी गरेको हो।

३० दिनभित्र उपस्थित हुन नआए कानुन अनुसार प्रक्रिया अघि बढ्ने अख्तियारले जनाएको छ। 

सूचना अनुसार मिश्रले छोरा नवीनकुमार मिश्रका नाममा उक्त रकम जम्मा गर्न लगाएको आरोप लगाइएको छ। छोरा नवीनका नाममा पनि सूचना जारी गरिएको छ। 

महोत्तरीको जलेश्वर नगरपालिकाका मिश्रले सेवाबाट अवकाश पाइसकेका छन्। 

सूचनामा स्थायी ठेगानामा खोजतलास गर्दा मिश्र फेला नपरेको जनाइएको छ। यस्तै, स्थायी तथा बसोबास गरिरहेको घर ठेगानामा उपस्थित हुन आउनेबारेको सूचना तामेल भए पनि बयानका लागि अख्तियारमा नआएको सूचनामा उल्लेख छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell