PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

गीत लेखेको ६ वर्षपछि बन्यो 'शहिद': प्रमोद खरेल



पहिलोपोस्ट

गीत लेखेको ६ वर्षपछि बन्यो  'शहिद': प्रमोद खरेल

'मेरै रगतले देशै भिजेथ्यो, म सहिद भएँ रे आमा

म शहिद भएको धेरै भयो, मेरो देश उस्तै छ रे आमा'

गायक प्रमोद खरेलले शहिदहरुप्रति समर्पित गरेर सार्वजनिक गरेको नयाँ गीत हो यो। 'शहिद'बोलको गीतलाई प्रमोदकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

गीत लेखेको ६ वर्षपछि प्रमोदले भिडियोसहित यसलाई सार्वजनिक गरेको बताउँछन्।

उनले भने '६ वर्ष भयो शब्द लेखेको। कम्पोजिसन सकिएर पनि भर्खरै भिडियोको काम गरेका हौं।'

२०६२/६३ सालतिर युद्धमा परेर ज्यान गुमाएकाहरु बारे थुप्रै समाचार आए। पीडित परिवारहरुको आवाज सुने। केही गर्न  त्यस बेला उनलाई मरेर गएकाहरु फर्क पीडितहरुको पनि समाचार आयो। कति शहिद मरेर गए, ती शहिदहरुले फर्केर हेर्दा हुन् भन्ने भाव भयो। देशमा खासै परिवर्तन भएन। त्यो शहिदको आत्माले बोल्यो भन्ने के होला? शहिदहरूको आत्मा बोलेको गीत हो यो।'

गीतको भिडियोमा पेन्टिङहरु समावेश छन्। भिडियोमा गायक प्रमोद पनि फिचर्ड छन्। 'भिडियोमा जुलुस, आन्दोलनलगायतको कुरा पेन्टिङ मार्फत देखाउन खोजेका छौं। रोहन गुरङले गीतको भावलाई चित्र बनाउनु भएको छ' उनले सुनाए।

उनी गीतबाट आशावदी छन्। गीतमा प्रमोदकै शब्द, संगीत र स्वर छ। गीतको भिडियोलाई प्रविण श्रेष्ठले बनाएका हुन्। फणिन्द्र राईले गीत एरेन्ज गरेका हुन्।

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell