PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

प्रहरीको फोन नम्बर १०० को दुरुपयोग : गाली गलौज गर्ने परे प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

प्रहरीको फोन नम्बर १०० को दुरुपयोग : गाली गलौज गर्ने परे प्रहरी नियन्त्रणमा

काठमाडौं : प्रहरीलाई अनावश्यक रूपमा फोन गरी जथाभाबी बोल्ने केही युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय अपराध महाशाखाको सिन्धुली जिल्ला कमलामाई नगरपालिका ६ घर भएका ३५ वर्षीय राजु लामा र धनकुटा हिलेकी २२ वर्षीय सरिता बस्नेतलाई पक्राउ गरेको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए।

उनीहरूले प्रहरीको १०० नम्बरमा फोन गरी जथाभावी बोल्ने तथा गलत सूचना दिने गरेका थिए। एसपी उप्रेतीले भने, ’१०० नम्बरको दुरुपयोग गरेको पाइयो। पटक पटक यस्तो गल्ती गरेपछि नियन्त्रणमा लिएका हौँ।‘

अपराधी गतिविधि भए जो कसैलाई पनि फोनबाट र म्यासेजबाट प्रहरीमा जानकारी दिने सुविधा छ। त्यसैको दुरुपयोग गर्नेलाई भने प्रहरीले छाड्दैन।

यसरी प्रहरीलाई म्यासेज गरे १० मिनेट भित्रमा प्रहरी घटनास्थलमा आइपुग्ने प्रहरीको दाबी छ। गत मङ्सिर १ गतेबाट प्रहरीले म्यासेज सेवा सञ्चालनमा ल्याएको हो। महानगरीय प्रहरी कार्यालयमा अहिले दैनिक ३० देखि ३५ वटा म्यासेज आउने गरेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell