PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

नागरिकता विधेयक फिर्ता लिन माग गर्दै सभामुखलाई पुष्पलाल समाजको ज्ञापनपत्र



बीपी साह

नागरिकता विधेयक फिर्ता लिन माग गर्दै सभामुखलाई पुष्पलाल समाजको ज्ञापनपत्र

काठमाडौं: नेपालमा विभिन्न समयमा ४० लाख भारतीयलाई नेपाली नागरिकता दिएको भन्दै ती नागरिकता छानविन आयोग गठन गर्नका लागि सरकारलाई निर्देशन दिन सभामु खकृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाएको छ।

आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुष्पलाल अध्ययन समाज र प्लस २५ समूहले ज्ञापनपत्र बुझाएका हुन्। समाजले संसदमा छलफल भइरहेको नागरिकता विधेयकलाई फिर्ता लिन पनि सभामुख महरासँग अनुरोध गरेका छन्।

ज्ञापनपत्र बुझाउने क्रममा वरिष्ठ अधिवक्त वोर्णबहादुर कार्कीले मधेशमा उठेको विखण्डनकारी आन्दोलन अंगीकृत नागरिकहरुले उठाएकोले उनीहरुको नागरिकता खारेज गर्न माग गरे।

उनकाअनुसार ६३ सालको नागरिकता एनपछि मधेशको पान पसलदेखि चिया पसलसम्म नागरिकता विक्री भइरहेको छ। यसलाई रोक्न तत्कालै छानविन आयोग गठन गर्न आवश्यक रहेको कार्कीको तर्क थियो। 

अख्तियारका पूर्व प्रमुख सूर्यनाथ उपाध्ययले विदेश गएर गर्भवती भएर आएकाहरुको सन्तानलाई नागरिकता दिनेबारे विषय छलफलमा आएकोले उक्त विषयमा सरकारले हस्तक्षेप गर्नुपर्ने धारणा राखे।

सभामुख महराले नागरिकता विधेयक पेचिलो रहेकोले लामो छलफलपछि मात्र पास हुने देखिएको बताए।

यस्तो छ ज्ञापनपत्र



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell