PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

गोपाल श्रेष्ठका लागि एकल साँझमा गुञ्जिँदै कर्ण दास



पहिलोपोस्ट

गोपाल श्रेष्ठका लागि एकल साँझमा गुञ्जिँदै कर्ण दास

काठमाडौं : लोकप्रिय गायक कर्ण दास एकल साँझमा गुञ्जिँदैछन्। एचआइभी संक्रमित गोपाल श्रेष्ठको सगरमाथा आरोहण सहयोगार्थमा एकल साँझ हुने भएको हो।

लायन्स अफ काठमाडौं टेम्पलले फागुन १ गते काठमाडौंमा ‘कर्ण दास एकल साँझ मनोरञ्जनात्मक रात्रीभोज कार्यक्रम’ आयोजना गर्दैछ।

विगत २५ वर्षदेखि एचआइभी संक्रमित पूर्व फुटबल खेलाडीसमेत रहेका श्रेष्ठलाई सगरमाथा आरोहणका लागि करिव ४३ लाख पर्ने बताइएको छ।

एचआईभीसम्बन्धी जनचेतना जगाउँदै हिँड्ने श्रेष्ठले सगरमाथा चढ्ने अठोट लिएका छन्। सहयोग रकम उठाउन कर्ण विभिन्न स्थानमा एकल साँझ गर्ने तयारीमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell