बलिउड अभिनेता मनोज बाजपेयीलाई भारत सरकारले 'पद्मश्री'बाट विभूषित गर्ने निर्णय गरेको छ। यसअघि उनले दुई पटक राष्ट्रिय अवार्ड जितिसकेका छन्। बलिउडमा उनको अभिनयको निकै प्रशंसा हुनेगर्छ।
हालै, अवार्डका विषयमा अन्तर्वाता दिने क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुइगम उपहार दिन चाहेको बताए।
उनले भने 'मैले यो सम्मान पाउँदा मेरो परिवारले खुशी मनाइरहेको छ। म चाँडै पार्टी आयोजना गर्नेछु। मोदी दिनरात जनताको लागि काम गरिरहेका छन्। उनी ४ घण्टाभन्दा धेरै निदाउँदैनन्। त्यसैले म उनलाई चुइगम उपहार दिन चाहन्छु। उनले चुइगम चपाउँदै आराम गर्न सक्छन्। यसबाट उनले आफ्नो स्वास्थ्यबारे ध्यान दिन सक्छन्।'
एक फरक प्रसंगमा बाजपेयीले मोदीलाई चुइगम उपहार दिन चाहेको बताएपछि सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ। आफूले मोदीलाई धेरै सम्मान गर्ने उनले बताएका छन्। उनले पछिल्लो समय 'सत्य मेव जयते'मा अभिनय गरेका थिए।