PahiloPost

Oct 19, 2025 | ३ कात्तिक २०८२

सीसीयुबाट बाहिरिए पूर्व युवराज पारस, सुध्रियो अवस्था



पहिलोपोस्ट

सीसीयुबाट बाहिरिए पूर्व युवराज पारस, सुध्रियो अवस्था

काठमाडौं : पूर्व युवराज पारस शाहलाई सीसीयुबाट क्याबिनमा सारिएको छ। नर्भिक हस्पिटलमा उपचाररत शाहको अवस्था सुधार भएपछि क्याविनमा सारिएको हो।

गत सोमवार हर्ट अट्याक भएपछि नर्भिक अस्पताल पुर्याोइएका शाहको स्वास्थ्य अवस्थाबारे दिँदै अस्पतालले जारी गरिएको विज्ञप्तिमा उनको स्वास्थ्य अवस्था सुधारउन्मुख र स्थिर भएको उल्लेख छ। आज अपरान्ह सीसीयुबाट क्याविनमा सारिएको हो।

सोमवार दिउँसो ४ बजे उनलाई हर्ट अट्याक भएपछि अस्पताल पुर्याइएको थियो। सुरुमा आइसीयुमा भर्ना गरिएका शाहलाई पछि सीसीयुमा सारिएको थियो। 

शाहलाई वंशानुगत हर्ट अट्याक भएको चिकित्सकहरुले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell