PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

डा. केसीको जीवन रक्षाको अपिल गर्दै सुदूरपश्चिमका चिकित्सक रिले अनसनमा



एम बम

डा. केसीको जीवन रक्षाको अपिल गर्दै सुदूरपश्चिमका चिकित्सक रिले अनसनमा

कैलालीः अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै सुदूरपश्चिम प्रदेशका चिकित्सकहरु आन्दोलित भएका छन्। १५औं सत्याग्रहका क्रममा गत साउन १० गते सरकारसँग भएको सम्झौता कार्यान्वयनमा नआएपछि १६ औँ पटक अनसनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै सुदूरपश्चिम प्रदेशका चिकित्सकहरुले अनिश्चीतकालिन रिले अनसन थालेका हुन्।


बुधवारबाट नेपाल मेडिकल ऐशोसियशनमा आवद्ध सुदुरपश्चीम प्रदेशका चिकित्सकहरुले केसीको मागमा ऐक्यवद्धता जनाएका छन्। सम्झौता बमोजिम केसीका मागहरु अक्षरस संशोधन गरेर संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्न माग गर्दै अनशनमा रहेका डा. गोबिन्द केसीको जीवन रक्षाको लागि आफुहरु पनि अनशनमा बसेको सेति अञ्चल अस्पतालका डा. कपिल गौतमले बताए। सेवामा कुनै अवरोध नपर्ने गरी दुई÷दुई जनाको समुह बनाई अनशनमा बसिरहेको नेपाल मेडिकल एशोसिसन सुदूरपश्चिम प्रदेश अध्यक्ष डा.प्रमोद जोशीले बताए।


डा. केसी नेपाली जनताको लागि बिगत लामो समयदेखी अनशनमा रहे पनि सरकारले कुनै चाँसो नदिएका बेला उनको जीवन रक्षाको लागि अनिश्चितकालिन अनशन थालेको उनले बताए। डा. केसीका माग पुरा नहुन्जेलसम्म अनशन जारी रहने चिकित्सकहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell