
पहिलो लेगमा २-० ले पराजित भएको बार्सिलोना दोस्रो लेगमा सेभियामाथि ६-१ को जित निकाल्दै कोपा डेल रे को सेमिफाइनलमा प्रवेश गरेको छ। दोस्रो लेगमा शानदार जितपछि बार्सिलोना समग्रमा ६-३ को जितहित अन्तिम चारमा पुगेको हो।
बार्सिलोनालाई जिताउन फिलिप काउटिन्होले २ तथा कप्तान लियोनल मेसी, लुइस सुअरेज, इभान राकिटिकर र सर्जि रोवर्टोले १-१ गोल गरे। सेभियाको लागि लोपेजले एक गोल फर्काए भने एभर बनेगा पेनाल्टीमा गोल गर्न असफल रहे।
बार्सिलोनासँग भ्यालेन्सिया र रियल बेटिस पनि सेमिफाइनलमा प्रवेश गरेको छ।