PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

नेपाल-युएईबीचको टी २० सिरिजको आज पहिलो खेल



पहिलोपोस्ट

नेपाल-युएईबीचको टी २० सिरिजको आज पहिलो खेल

काठमाडौँः ऐतिहासिक ओडिआई सिरिज जितेको नेपालले दुई दिनको विश्रामपछि युएईसँग तीन खेलकै टी २० सिरिज आजबाट खेल्दैछ।

नेपालर युएईबीच पहिलो टी२० आज हुँदैछ। तीन खेलको ओडिआई सिरिज नेपालले २-१ ले जित्दै पहिलो ओडिआई सिरिज जितेको थियो।

टी २० आईको पहिलो खेल आज दिउँसो युएईको स्थानिय समयअनुसार १ बजे र नेपाली समयअनुसार २:४५ बजे हुनेछ। खेल दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा हुनेछ।

यस्तै दोस्रो टी २० आई फेब्रुअरी १ र तेस्रो टी२०आई फेब्रुअरी ३ मा हुनेछ।

नेपालले अहिलेसम्म टी २० सिरिज जित्न सकेको छैन। यसअघि नेपालले ३ पटक टी२० सिरिज खेलिसकेको छ। जसमा नेपालले एक खेल मात्र जित्न सकेको छ। 

यसअघि नेपालले हङकङ र नेदरल्याण्ड्स विरुद्धको टी २० सिरिज गुमाएको थियो भने एमसीसी र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्ससँगै संयुक्त रुपमा विजेता बनेको थियो। जसमा नेपाल र डच टोलीबीचको खेलले मात्र टी २० आई को मान्यता पाएको थियो।

त्यसैले पनि नेपालको लागि युएई विरुद्धको सिरिज महत्वपूर्ण रहेको छ।

ओडिआईमा पहिलो खेल हारेर पनि उत्कृष्ट पुनरागमन गर्दै बाँकी दुई खेलमा शानदार जित हात पार्दै सिरिज जितेको नेपाल त्यही लयलाई कायम राख्दै सिरिज जित्ने योजनामा हुनेछ।

ओडिआई सिरिज जितेको नेपाल सामु टी २० सिरिज पनि पहिलोपटक जित्दै इतिहास रच्ने मौका हुनेछ।

यस्तै नेपाल र युएईबीच टी २० अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल हुन लागेको पनि यो पहिलोपटक नै हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell