PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

रत्ननगरः भरतपुर महानगरपालिका–९, शरदपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गएराति करिब १०ः३० बजे ना ५३ प ९७५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा भरतपुर–४ का २८ वर्षीय मनोज काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका काफ्लेको उपचारका लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी प्रमुख सुशीलसिंह राठौरले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell