PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

'रणवीर'को दोस्रो ट्रेलर आयो



पहिलोपोस्ट

'रणवीर'को दोस्रो ट्रेलर आयो

काठमाडौं : फिल्म 'रणवीर'को दोस्रो ट्रेलर सार्वजनिक भएको छ। माघ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्मको दोस्रो ट्रेलरमा फिल्मका मुख्य कलाकार सुशील सिटौला, शुभेच्छा खड्का, प्रशान्त ताम्राकार  र सुपुष्पा भट्ट फिचर्ड छन्।

ट्रेलरमा प्रेम, द्वन्द्वसँगै कलाकारका चरित्र भुमिका देखाउन खोजिएको छ। फिल्म भोलीबाट प्रदर्शनमा आउँदैछ।

फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन्। गोविन्दले यसअघि साउथका फिल्ममा काम गरिसकेका छन्। मिस इन्टरनेश्नल २०१२ समेत रहेकी शुभेच्छा र सुपुष्पाको यो डेब्यू फिल्म हो। उनीहरु फिल्मबाट आशावादी छन्। सुशीलले यसअघि भने 'गाँजाबाजा'मा अभिनय गरेका थिए।

'रणवीर' दुई नेपाली फिल्मसँगै एकसाथ प्रदर्शनमा आउने भएको हो। 'गोपी' र 'सयकडा दश' एकसाथ प्रदर्शनमा आउँदैछ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell