PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

मेल्वर्न कन्सर्टका लागि तयार नेपाल आइडल



पहिलोपोस्ट

मेल्वर्न कन्सर्टका लागि तयार नेपाल आइडल

काठमाडौं : मेल्वर्न कन्सर्टका लागि नेपाल आइडलको तयारी पुरा भएको छ। 'सिजन २'का विजेता रवि ओडसँगै अन्य पाँच जनाले फेब्रुअरी २ मा कन्सर्ट गर्ने भएको हो।

कन्सर्टका लागि कलाकारहरु शनिबार मेल्वर्न पुग्ने आयोजक बिभुषण जोशीले बताए।

यसअघि आइडलका शीर्ष ६ प्रतियोगीहरुले अष्ट्रेलियाको पर्थ र ब्रिस्बेनमा कन्सर्ट गरिसकेका छन्। कन्सर्टमा दर्शकको राम्रो साथ रहेको आयोजकले दाबी गरेका छन्।

स्मार्ट एक्सेस ईन्टरटेन्टमेन्टले आयोजना गर्ने कन्सर्टमा रविसँगै, बिक्रम बराल,सुमित पाठक, अस्मिता अधिकारी र पवन गिरीले गायन प्रस्तुति दिनेछन्। कन्सर्टलाई ऋमा विश्वकर्माले संचालन गर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell