PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

युएई विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल, सन्दीपले लिए पहिलो विकेट



पहिलोपोस्ट

युएई विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल, सन्दीपले लिए पहिलो विकेट

नेपाल र युएईबीच अहिले पहिलो टी २० आई खेल भइरहेको छ। युएईको दुवईस्थित आइसीसी एकेडेमी मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको युएईले १ विकेट गुमाइसकेको छ। नेपालको लागि सन्दीप लामिछानेले पहिलो सफलता दिलाए। उनले खेलको दोस्रो ओभरको पहिलो बलमै विकेट लिएका हुन्।

सन्दीपले युएईको ओपनर अस्फाक अहेमदलाई बसन्त रेग्मीको हातबाट क्याचआउट गराएका हुन्। ओडिआईमा नेपालको लागि सर्वाधिक १५ विकेट लिइसकेका सन्दीपको टी २०आईमा भने यो पहिलो विकेट हो।

युएई विरुद्धको पहिलो खेलमा प्लेइङ ११ मा परेका तीन युवा खेलाडी टि-२० आईमा समेत डेब्यु गरेका छन्। राष्ट्रिय टिममा नियमित खेलेपनि यसअघि टि-२० अन्तर्राष्ट्रिय नखेलेका रोहित कुमार पौडेलसँगै युवा खेलाडीद्वय सन्दिप जोरा  र अभिनास बोहोराले नेपालका लागि टी २०आईमा डेब्यु गरेका हुन्।

सन्दिपले युएई विरुद्धकै तेस्रो ओडिआई खेल्दै नेपाल र ओडिआईमा एकै पटक डेब्यु गरेका थिए। उता ओडिआई खेल्न नपाएका अभिनासले भने पहिलो पटक नेपालको सिनियर टिममा खेल्न लागेका हुन्। सन्दीप र अभिनाशसँगै पहिलो पटक नेपालको टिममा परेका पवन सर्फाले ओडिआईमा डेब्यु गरिसकेका छन् भने अर्का खेलाडी भिम शार्कीले अझै डेब्यु गर्न बाँकी छ।
 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell