काठमाडौं : फिल्म 'यात्रा अ म्यूजिकल भ्लग'को अफिसियल टिजर सार्वजनिक भएको छ। टिजरमा प्रेम, द्वन्द्व र भ्लगसँगै सस्पेन्सका झलक समावेश छन्।
टिजरमा फिल्मका मुख्य अभिनेता सलिनमान बनियाँ र प्रेक्षा बज्रचार्यलगायत अन्य कलकारको चरित्र भुमिका देखाइएको छ। फिल्ममा सलिनमानसँगै, सलोन बस्नेत, जय नन्द लामा, रेअर राई, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई लगायतको अभिनय छ।
फिल्मबाट छिमेकी राष्ट्र चीनका जुन झ्याङ्ग र केन्याका बोबीले डेब्यू गर्दैछन्। जर्नी लभ स्टोरीमा आधारित फिल्ममा फिल्ममा संजय लामाको छायाँकन छ। 'ए मेरो हजुर २' पछि सलिनमानको यो दोश्रो फिल्म हो। यो फिल्म सम्राट शाक्यको डेब्यू निर्देशकिय फिल्म हो।
कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिष शाहको सम्पादन छ। फिल्म चैत २९ गतेदेखि प्रदर्शनमा आउँदैछ।