PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

डा केसीको अवस्थाबारे अस्पतालको ब्रिफिङ : आइसीयूमा नसारे जुनसुकै बेला जे पनि हुनसक्छ



पहिलोपोस्ट

डा केसीको अवस्थाबारे अस्पतालको ब्रिफिङ : आइसीयूमा नसारे जुनसुकै बेला जे पनि हुनसक्छ

काठमाडौं : २३ दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य नाजुक बन्दै गएको अस्पतालले जनाएको छ। दिउँसो ३ बजे अस्पतालले गरेको ब्रिफिङ अनुसार केसीलाई सास फेर्न गाह्रो भइरहेको छ भने छातीको दुखाइ बढेको छ। कमजोरीको कारण उनी निदाउन सकेका छैनन्।

उनको रगतमा ग्लुकोज र पोटासियमको मात्रा घटेको र सास फेर्न गाह्हो भएकाले आइसियूको जरुरत परिसकेको  डाक्टर प्रमेश श्रेष्ठले ब्रिफिङ गरेका छन्। तर, केसी आइसियू जान मानेका छैनन्।

केसी बोल्न सक्ने अवस्थामा नरहेको जनाइएको छ। स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएकाले मेडिकल टिमको निगरानीमा राखिएको छ। अस्पतालले गरेको ब्रिफिङमा भनिएको छ— 'स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएकाले आइसियू नसारे जुनसुकै बेला  जे पनि हुन सक्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell