PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

'तुलसी'को गीतमा एकसाथ देखिए राजेश, करिश्मा र शिव



पहिलोपोस्ट

'तुलसी'को गीतमा एकसाथ देखिए राजेश, करिश्मा र शिव

काठमाडौं : अभिनेत्री ऋचा घिमिरेको निर्माणमा बनेको फिल्म 'तुलसी'को नयाँ गीत सार्वजनिक भएको छ। प्रदर्शनको तयारीमा रहेको फिल्मको 'आजको रमाइलो बेला'बोलको गीत सार्वजनिक भएको हो।

गीतको भिडियोमा महानायक राजेश हमाल, करिश्मा मानन्धर, शिव श्रेष्ठ एकसाथ फिचर्ड छन्। लामो समयपछि यी पुराना कलाकारहरु एकसाथ देखिएका हुन्। गीतमा गोविन्द राईको नृत्य निर्देशन छ। गीतमा साधना सरगम र कुमार कान्छाको स्वर छ।

फिल्ममा रञ्जित गजमेरको संगीत छ। शंकर घिमिरेको निर्देशनमा बनेको फिल्मका गीतहरुमा आशा भोषले, साधना सरगम, शान र कुमार कान्छाले स्वर दिएका छन्।

सुरेश अधिकारीको शब्द रहेको फिल्मको गीतलाई मुम्बईमा रेकर्ड गरिएको हो। फिल्ममा समावेश गरिएका पाँचवटा गीत मुम्बईमा नै रेकर्ड गरिएको हो।

'तुलसी'लाई शिवम् अधिकारीले लेखेका हुन्। फिल्ममा दीपक बज्राचार्यको छायाँकन रहेको छ। ऋचा घिमिरे, विमलेश अधिकारी, आयुष रिजाल, जय किसन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुष्मा कार्कीलागयतको  फिल्मा‍ मुख्य अभिनय छ। फिल्मको अतिथी भुमिकामा भने राजेशसँगै भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ती छन्।

 ऋचाले बनाएको फिल्म लामो समयपछि प्रदर्शनको तयारीमा  छ। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell