PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

गोविन्द केसीको विषय टुंगियो, पिलो कोट्याएजस्तो नगरौं : सरकारका प्रवक्ता



पहिलोपोस्ट

गोविन्द केसीको विषय टुंगियो, पिलो कोट्याएजस्तो नगरौं : सरकारका प्रवक्ता

काठमाडौं : सरकारका प्रवक्ता सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्राध्यापक डाक्टर गोविन्द केसीलाई संसदिय समितिमा छलफल गर्न पटकपटक बोलाउँदा पनि नआएको आरोप लगाएका छन्। डाक्टर केसी छलफलमा नआए पनि सरकारले उनको माग पूरा गरेको दावी गर्दै उनले अनशनको औचित्य सकिएको तर्क गरे।

मन्त्रिपरिषदको निर्णय सुनाउने क्रममा डाक्टर केसीको हठले संसदीय प्रक्रियालाई बन्दक बनाउन नमिल्ने उनको दावी थियो। 

'सरकारलाई बारम्बार औला ठहर्‍याउनु ठीक हैन। सरकारले बहुमतको दम्भ देखाएको छैन। उहाँको माग पूरा गरेको छ। अब बारम्बार पिलो कोट्याएको जस्तो नगरौँ। यो विषय अब सच्चियो,' बाँस्कोटाले भने, 'हामी बारम्बार भनेका छौँ डाक्टर साबले माग पूरा भएको खुशीयालीमा अनशन तोड्नुपर्छ। उक्साउन हिँड्नेहरु त्यो भ्रमबाट मुक्ति हुने र उक्साउनेहरुले पनि त्यसो नगर्ने। डाक्टर साबलाई यो चिसो मौसममा तातो खाएर उहाँलाई स्वस्थ बनाउने। डाक्टर साबले पनि आफ्नो जित र जनताको जित भएको छ भन्दै मलम पट्टी र सिटामोल बोकेर जनताको बीचमा जानुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell