
काठमाडौं: गायक दीपक बज्राचार्यले 'मन मगन यात्रा’ सुरु गरेका छन्। रश लाइट मिडियाको आयोजनमा माघ २६ गते उनले 'मन मगन भक्तपुर–२०७५'मा एकल गायन प्रस्तुति दिने भएका हुन्।
भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा उनी गुञ्जिँदैछन्। 'कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा संगीत' भन्ने नारासहितको कार्यक्रममा दीपकलाई उनको म्युजिकल ब्याण्ड रिदमले साथ दिनेछ।
आयोजक रमिता भण्डारीका अनुसार 'मन मगन यात्रा' भक्तपुरसँगै देशका प्रमुख शहरहरुमा आयोजना गरिनेछ। कार्यक्रमलाई अमेरिका तथा क्यानडाका प्रमुख शहरहरुमा समेत सञ्चालन गरिने बताइएको छ।
कार्यक्रममा बज्राचार्यले आफ्नै गीतहरुको प्रस्तुति दिनेछन्। 'काली काली हिस्सी परेकी', 'मायाको डोरीले', 'ओ अमिरा'', प्रीय' उनका हिट गीतहरु हुन्। पछिल्लो समय 'मन मगन'लाई भने अत्याधिक दर्शकले रुचाएका थिए। उनले गीतको हिन्दी भर्सन पनि निकालेका छन्। गीतमा उनले परम्परागत बाजा प्रस्तुत गरेका थिए।
भक्तपुरको कार्यक्रममा प्रस्तुतीसहित विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जन पनि प्रमुख अतिथिका रुपमा रहनेछन्। कार्यक्रममा विभिन्न प्रस्तुति रहनेछन्।